शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

काठमाडौं उपत्यकामा आजबाट नयाँ नियम लागू: सभा-भेला गर्न रोक, हल-बार बन्द


  • बुधबार, माघ ५ २०७८
13.3K
SHARES

फाईल तस्बिर

गत पुस ३० गते बसेको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै काठमाडौंका तीन वटै स्थानीय प्रशासनले जारी गरेको निर्णय आजबाट उपत्यकामा लागू भएको छ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड- १९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको सङ्क्रमण नेपालमा समेत बढ्दै गएपछि नियन्त्रण गर्न मन्त्रिपरिषद्ले पुस ३० मा निर्णय गरेको थियो।

सोही अनुसार काठमाडौँ,ललितपुर र भक्तपुरले मङ्गलवार बेलुका १२ बजेबाट लागू हुने गरी नयाँ आदेश जारी गरेको थियो।

आजबाट सबै प्रकारका सभा जुलुस माघ मसान्तसम्मको लागि बन्द गरिएका छन्। सबै प्रकारका गोष्ठी, सभा, सेमिनार भर्चुअल माध्ययमबाट गर्न समेत आग्रह गरिएको छ।

माघ ७ गतेदेखि भौतिक रुपमा उपस्थित हुनैपर्ने भएमा स्वास्थ्य मापदण्डको पालना गरी २५ जना भन्दा बढी नहुने गरी खोप लगाएकाहरुलाई मात्रै उपस्थित गराउने उल्लेख छ।

डान्सबार, सिनेमा हल, रोधीघर, फुटसल, पटके हाटबजार लगायत मानिस भिडभाड हुने क्षेत्र पनि माघ १५ गतेसम्म बन्द गर्ने आदेशमा उल्लेख छ।

आदेशअनुसार मठ-मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गराउन भनिएको छ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा २५ जना भन्दा बढी नहुने, कुनै पनि सामान अनावश्यषक रूपमा नछुने, दुई व्यक्तिबीचमा कम्तीमा दुई मिटर दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने लगायतका मापदण्डहरू पालना गर्न आदेश जारी गरिएको छ।

पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक तिहाइ नबढ्ने गरी बढीमा ५० जनामात्रै उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिई विवाह, ब्रतबन्ध, न्वारन तथा पास्नी जस्ता कार्यक्रम सञ्चालन गर्न भनिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा