शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

मधेश प्रदेशका मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार


  • मंगलबार, माघ ४ २०७८
9.3K
SHARES

फाईल तस्बिर

मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको वीरगञ्जस्थित घरमा ढुङ्गा प्रहार भएको छ । मुख्यमन्त्री राउतको वीरगञ्ज महानगरपालिका –१३ तेजारथ टोलस्थित घरमा ढुङ्गा प्रहार भएको हो ।

प्रदेशको स्थायी राजधानी जनकपुर तोकिएपछि वीरगञ्जमा असन्तुष्टि चुलिएको छ । मुख्यमन्त्री राउतले वीरगञ्जलाई राजधानी बनाउन भूमिका नखेलेको भन्दै कतिपयले असन्तुष्टि जनाउँदै आएका छन् । विभिन्न समूहले राजधानी तोकिनु अघि पनि वीरगञ्जलाई स्थायी राजधानी बनाउनुपर्ने माग राखेर वीरगञ्जमा प्रदर्शन गरेका थिए ।

वीरगञ्जलाई राजधानी बनाउनु पर्ने माग राखेर नेपाली कांग्रेस वीरगञ्ज महानगर कमिटिले मंगलबार र्‍याली निकालेको थियो । सोही र्‍यालीमा सहभागी एक युवकले मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार गरेको आरोप लागेको छ । ढुंगाले लागेर मुख्यमन्त्री राउतको घरको शिशा फुटेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले नेपाली कांग्रेसको र्‍यालीमा मोटरसाइकलमा सवार एक युवकले मुख्यमन्त्रीको घरमा दुईवटा ढुङ्गा प्रहार गरेको बताए ।

‘र्‍यालीमा सहभागी एक युवकले ढुंगा चलाएको खुलेको छ । “प्रहरी नायब उपरीक्षक खनालले भने ‘ढुंगा हान्ने व्यक्ति र मोटरसाइकल पहिचान भइसकेको छ, पक्राउ गर्न टोली खटाइसकेका छौं ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा