शनिबार, साउन ३० २०८३
ताजा अपडेट

संसद्को ‘डेडलक’ हट्छ भन्नेमा विश्वास छ : मन्त्री कार्की


  • मंगलबार, माघ ४ २०७८
8.5K
SHARES

फाईल तस्बिर

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् सुचारु गर्ने दायित्व सरकारको जति नै प्रमुख प्रतिपक्ष दलको पनि भएको बताएका छन् ।

मंगलबार सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री कार्कीले संसद् सुचारु गर्न सरकारको जति नै दायित्व प्रमुख प्रतिपक्षको पनि भएको बताएका हुन् ।

आज त्यस विषयमा छलफल त भएन तर संसद् सुचारु गर्न प्रधानमन्त्रीले सर्वदलीय मिटिङ यहीँ केही समय अघि राख्नुभएको थियो’, मन्त्री कार्कीले भने, ‘त्यसमा प्रमुख प्रतिपक्षी दलको नेता उपस्थित हुनुभएन । त्यसपछि बारम्बार संसद्लाई सुचारु गर्नका निमित्त प्रयत्नहरू सरकारले गरिरहेको छ ।’

त्यसै सिलसिलामा आफूले समेत प्रमुख प्रतिपक्ष दलको नेतालाई भेट गरेको भन्दै उनले केही दिन अगाडि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दलको नेताको निवासमै गएर लामो वार्ता गरेको बताए ।

‘संसद् सुचारु गर्ने दायित्व सरकारको जति छ त्यति नै दायित्व प्रमुख प्रतिपक्ष दलको पनि हुने हुनाले यो ‘डेडलक’ हट्छ भन्ने कुरामा सरकारलाई विश्वास छ’, मन्त्री कार्कीको विश्वास छ ।  सो क्रममा उनले स्थानीय तहको निर्वाचन संविधानअनुसार नै हुने जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा