ललितपुर महानगरपालिकाले मंगलबारदेखि कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।
महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै महानगरका ८ वटा अस्पतालबाट बुस्टर डोज खोप दिने जानकारी दिएको हो ।
माघ ६ गतेसम्म सञ्चालन हुने बुस्टर डोज खोप अभियानमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शवबाहन चालक, महिला स्वयंसेवक लगायतलाई बुस्टर डोज खोप दिइने छ ।
यस्तै सार्वजनिक क्षेत्र (सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघसंस्था, बैंकिङ सेवा)का कर्मचारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारी, पत्रकार, सार्वजनिक यातायात चालक तथा सहचालक लगायतलाई पनि बुस्टर डोज खोप दिइने महानगरले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।