शनिबार, साउन ३० २०८३
ताजा अपडेट

प्रदेश २ को राजधानी जनकपुर पारित


  • सोमबार, माघ ३ २०७८
15.3K
SHARES

फाइल तस्विर

प्रदेश २ को राजधानी जनकपुर पारित भएको छ । प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको राजधानी जनकपुरलाई बहुमतले पारित गरेको हो ।

जनकपुर र वीरगञ्ज दुईवटा नाम प्रस्ताव भएकोमा जनकपुरलाई दुई तिहाइ बहुमतले पारित गरेको हो । मतदानमार्फत प्रदेश २ ले राजधानीको नाम टुंगो लगाएको हो ।

प्रदेशसभामा भएको निर्वाचनमा जनकपुरको पक्षमा ७८ मत खसेको हो । जुन दुई तिहाइ बहुमत छ । विपक्षमा २६ मत परेको थियो ।
१०४ सदस्यीय प्रदेशसभामा दुई तिहाइ बहुमतका लागि ७० मत आवश्यक पर्छ ।

यसैबीच जारी प्रदेशसभा बैठकले प्रदेशको नाम टुंगो लगाउने तयारी गरेको छ । यसका लागि मतदान प्रक्रिया सुरु हुँदै छ ।

प्रदेशको नाममा चारवटा नाम प्रस्ताव भएको छ । जसमा मधेश प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश र मध्य प्रदेश रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा