शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

१६ वर्ष माथिका नागरिकलाई चैतभित्र कोरोना खोप लगाइसक्ने सरकारको तयारी


  • सोमबार, माघ ३ २०७८
5.8K
SHARES

फाईल तस्बिर

सरकारले १६ वर्ष उमेर माथिका सबै नागरिकलाई चैतसम्म खोप लगाइसक्ने भएको छ।

ओमिक्रोन संक्रमण नियन्त्रण र रोकथामका लागि आदेश जारी गर्दै सरकारले घुम्ती खोप सेवामार्फत आगामी चैत मसान्तभित्र १६ वर्ष माथिका सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाइसक्ने जनाइएको छ।

‘१६ वर्ष माथिका उमेर समूहका सबै व्यक्तिलाई खोप केन्द्र वा घुम्ती (मोबाइल) खोप केन्द्रमार्फत् २०७८ चैत मसान्तसम्म पूर्ण मात्रामा खोप लगाइसकिनेछ,’ जारी आदेशमा भनिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कुल जनसंख्याको ३९.९ प्रतिशत मानिसले पूर्ण मात्रा खोप लगाएका छन्।

त्यस्तै ५२.१ प्रतिशत मानिसले पहिलो मात्रा खोप लगाएका छन्।

नेपालमा हालसम्म झन्डै साढे चार करोड डोज खोप भित्रिएको छ। जसमा २ करोड ८० लाख डोज लगाइसकिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा