स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले यही साताभित्र स्थानीय तहको चुनावको मिति घोषण हुने बताएका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ने बताएका हुन् ।
समाजवादी प्रेस संगठन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने,‘पाँच दलीय गठबन्धन चुनावबाट भागेको छैन । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको चुनावको मिति टुंग्याउछौँ ।’
विपक्षी दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको चुनावबाट भागेको आरोप लगाइरहेको बेला मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो । अर्को प्रशंगमा मन्त्री खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई सावधान भएको बताए ।
उनले वर्तमान पदाधिकारीलाई काम गर्न रोक लगाइएको र सरकारले पाँच सदस्यीय टोली गठन गरेर धरान पठाएको जानकारी दिए । शुक्रबार नेतृत्वमा काम गर्नका लागि टोली पठाइएको उनको भनाइ छ । टोलीले काम थालेपछि वर्तमान पदाधिकारीले छानबिन नसकिएसम्म काम गर्न नपाउने भनाइ थियो ।
मन्त्री खतिवडाले कोरोनाको महामारीको एक मात्र विकल्प खोप भएकाले खोप अभियानमा सक्रिय सहभागिताको लागि सर्वसाधारणलाई आग्रह गरेका छन् । सरकारले खोप कार्यक्रमलाई अभियानका रुपमा अघि सारेको भन्दै मन्त्री खतिवडाले सरकारी अस्पताल र विभिन्न स्वास्थ्य संस्थामा विषेश डेस्क सञ्चालन गरि नियमित खोप सञ्चालन गरिएको बताए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।