सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भिडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसको संक्रमण दरलाई मध्यनजर गर्दै मन्त्री मन्त्रिपरिषद्ले सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको हो । पछिल्लो समय कोरोना भाइरस दिन दिनै बढ्दै गएको छ ।
भाइरस संक्रमणदर समुदाय स्तरमा नफैलियोस् भनेर भिडभाड कम गर्ने र कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गर्न सरकारले भनेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।