शनिबार, साउन ३० २०८३
ताजा अपडेट

पोखरा उडेको गुण एयरको जहाजमा प्राविधिक समस्या, पुनः काठमाडौं फर्काइयो


  • आइतबार, माघ २ २०७८
10.4K
SHARES

फाइल तस्विर

काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ । अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेका छन् ।

यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको जानकारी दिए ।

सो जहाजमा रहेका एकजना यात्रुले भने आकाशमै हवाई जहाजको ढोका खुलेपछि आफूहरुलाई पुनः विमानस्थलमै फर्काइएको बताए ।

काठमाडौंबाट उडेको करिब पाँच मिनेट मात्रै भएको थियो, जहाजले उचाइ लिंदै थियो, त्यही बेला यात्रु चढ्ने ढोका खुलेपछि प्राविधिक समस्या देखिएको भन्दै पुनः फर्काइयो ।’ यद्यपि आकाशमै ढोका खुलेको भन्ने ती यात्रुको दाबी पुष्टि हुन बाँकी छ ।

सो जहाजको आज बिहान करिब साढे आठ बजे पोखरा उड्ने नियमित तालिका थियो । तर डिले भएर करिब १० बजेपछि मात्रै काठमाडौंबाट पोखराका लागि उडेको थियो । सो जहाजमा प्राविधिक समस्या देखिएपछि गुणकै अर्को जहाजमा ती यात्रुहरुलाई पोखरा पठाउने तयारी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा