संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास समूहले सन्चालन गर्दै आएको धर्मशाला हेरेर आफू ‘सक्ड’ भएको बताएका छन् ।
धर्मशाला आज बिहान निरीक्षण गर्दै उनले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताए ।
उनले यसबारे छानबिन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताए । उनले भने, ‘छानबिन प्रतिवेदन आइसकेपछि दूधको दूध पानीको पानी हुन्छ ।’ उनले छानविनको क्रममा दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाए ।
छानविन समितिका संयोजक नारायण सुवेदीले भोलि अपराह्न चार बजे पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिए ।
नारायणहिटीमा बतास समूहको ठेक्का रद्द गरेपछि मन्त्री प्रेम आले चर्चामा छन् । आज बतास समुहले नै पशुपति धर्मशालामा लिजमा लिएर सञ्चालन गर्दै आएको होटेलको निरीक्षण गरेका हुन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।