बुधबार, कार्तिक ५ २०८३
ताजा अपडेट

बतासले भाडामा लिएको धर्मशाला निरीक्षण गर्न मन्त्री आले पशुपतिमा


  • आइतबार, माघ २ २०७८
9.5K
SHARES

फाइल तस्विर

संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र रहेको बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गरेका छन् ।

भारतले अनुदानमा तीर्थालुका लागि बनाइदिएको धर्मशालामा मन्त्री आलेले होटेल चलाएको लगायत अन्य ठाउँकोसमेत आइतबार बिहान निरीक्षण गरेका हुन्।

धर्मशाला भाडामा लिएर होटल आनन्द चलाइरहेको विषयमा सत्यतथ्य बुझ्न आफैं धर्मशाला आएको मन्त्री आलेले बताए । सत्यतथ्य बुझेपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले जानकारी दिए।

उनले धर्मशालाका प्रत्येक कोठा पुगेर निरीक्षण गरेका छन्।

१९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर बतासले भाडामा लिएको छ ।

पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर पाशुपत क्षेत्र (तिलगंगा)मा भारत सरकारको सहयोगमा धर्मशाला बनाइएको हो।

धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि मन्त्री आले आज बिहान त्यहाँ पुगेर निरीक्षण गरेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा