१ माघ, काठमाडौँ ।
खराब प्रदर्शनमा रहेको चेल्सीले थप अंक प्राप्त गर्न चुकेको छ । प्रिमियम लिग अन्तर्गत आज भएको खेलमा हार व्यहोर्दै अंक तालिकामा थप अंक प्राप्त गर्न चेल्सी चुकेको हो ।
प्रिमियम लिग अन्तर्गत म्यानचेस्टर सिटीसंग भएको आजको खेलमा १–० अन्तर गोलले चेल्सीले हार व्यहोरेको छ । चेल्सीको प्रदर्शन राम्रो रहे पनि एक गोल अन्तरले पछि पर्दा अंक तालिकामा यथावत् बस्न बाध्य भएको छ ।

म्यानचेस्टर सिटीको होम ग्राउन्डमा भएको आजको खेलमा सिटीका लागि केभिन डे ब्रुयनेले निर्णायक गोल गरेका हुन् । fखेलको ७०औँ मिनेटमा गोल गर्दै चेल्सीलाई सिकार गरेका हुन् । उक्त गोल जितको लागि निर्णायक बनेका छन् ।
शीर्ष स्थानमा रहेको सिटीलाई यस जित सँगै दोस्रो स्थानमा रहेको चेल्सीभन्दा १३ अंकको फरक अंक सहित शीर्ष स्थान मिलेको छ । प्रिमियम लिगका लागि दुवै टिमले यस वर्षको लिग अन्तर्गत २२औँ खेल खेली सकेका छन् । सिटीको ५६अंक सहित पहिलो स्थानमा छ भने चेल्सी ४३ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

पहिलो स्थानमा रहेको सिटीले चेल्सीलाई झिनो गोलमा जितेसँगै फेरि पनि भाग्यमानी साबित भएको छ । यस अघिको खेलमा आर्सनलाई पनि झिनो गोल अन्तरमा सिटीले जितेको थियो । सो खेलमा सिटीले २–१ गोल अन्तरमा जितेको हो ।
यस्तै आर्सनलभन्दा अघिल्लो खेलमा पनि सिटी भाग्यमानी साबित भएको थियो । ब्रेन्टफोर्डसंगको खेलमा १–० गोल अन्तरमा सिटीले जितेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।