शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

आर्थिक सङ्कट समाधान गर्न पटक्कै प्रधानमन्त्री जिम्मेवारी नदेखिएको पूर्व अर्थमन्त्री लोहनीको ठोकुवा !


  • शुक्रबार, पुष ३० २०७८
12K
SHARES

फाइल तस्विर

आर्थिक सङ्कट समाधान गर्न पटक्कै प्रधानमन्त्री जिम्मेवारी नदेखिएको पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीको ठोकुवा गरेका छन् । समाजीक संजालमा उनले सो धारणा सार्बजनिक गरेका हुन ।

पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी महसुस नगरेको बताएका छन् । नेपाल को अर्थतन्त्र संकटतिर जानु  अर्थमन्त्रीसँगको  मात्रै को कुरो नभएको लोहनीले बताए ।

शुक्रबार विहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको अर्थतन्त्र संकटतिर जाँदै छ  । अब यो अर्थमन्त्रीसँग  मात्रै को कुरो भएन। देउवा सरकारको जिम्मेवारीको प्रश्न हो। प्रधानमन्त्रीले यो जिम्मेवारी महसुस गरेको देखिएन ।’

बिस्तारै ओरालो लागेको अर्थतन्त्र  समय मै सुधार गर्न नसके भीरको डिल  मा पुग्न धेरै समय नलाग्ने पूर्व अर्थमन्त्री लोहनीको भनाइ छ । ‘अर्थतन्त्रमा संकट तथ्यांक मा मात्र सिमित रहँदैन।  एक तह पुगे पछि तथ्याङ्कभन्दा मानिसको भावनाले प्राथमिकता लिनेछ,’ उनले लेखेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा