शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

भारतले लिपुलेकमा बनाएको सडकबारे सरकारको मौनता किन ? : एमाले


  • बुधबार, पुष २८ २०७८
9K
SHARES

भारतले लिपुलेकको नेपाली भूमिमा सडकलगायत संरचना बनाउँदा पनि मौन बसेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारमाथि प्रश्न उठाएको छ ।

एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै सीमालगायत थाँती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउने सहमतिविपरित भारतले नेपाली भूभागमा सडकलगायत संरचा निर्माण गरेकामा एमालेको ध्यानाकर्षण भएको बताएका छन् ।

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने एमालेले बताएको छ ।

सडकलगायत संरचना निर्माण रोकेर वार्ताको माध्यमबाट यो विषय टुङ्गो लगाउने भन्दै एमालेले भनेको छ, ‘राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको छ ।’

साथै भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बल मिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा