आज सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुन ४०० ले र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ थियो । यस्तै, महासंघले आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको उल्लेख गरेको छ ।
जसअनुसार, आज चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदीको प्रतितोला मूल्य १२ सय ३० रुपैयाँ थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।