
काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) को आयोजनामा गुरुपुर्णिमा तथा शिक्षक सम्मान कार्यक्रम असार ३१ गते मंगलबार सम्पन्न भएको छ ।

चाबहिलमा रहेको ए वान पार्टी प्यालेसमा प्याब्सकमा आवद्ध विद्यालयका शिक्षकहरुको उपस्थितिमा गुरुपुर्णिमा तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको प्रमुख आतिथ्यमा गरिएको उक्त कार्यक्रममा नेसनल प्याब्सनका महासचिव सुवास न्यौपाने, नेसनल प्याब्सन काठमाडौँका अध्यक्ष विष्णु पराजुली, नेसनल प्याब्सन काठमाडौँका सह–सचिव अमृत खड्का, प्याब्सक पदाधिकारी, प्याब्सकमा आवद्ध विद्यालयका शिक्षक, शिक्षिक एवं शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र प्याब्सकका कार्यबहाक अध्यक्ष नारायणबाबु तिम्सिनाले संयुक्त रुपमा दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।
प्याब्सकमा आवद्ध विद्यालयका १८ शिक्षकलाई विशेष सम्मान गरिएको थियो भने उक्त अवसरमा उत्प्रेरक वक्ता विके शर्मालाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले शिक्षा बिना कुनै परिकल्पना गर्न नसकिने बताएका थिए । शिक्षामा समर्पित शिक्षाकर्मीहरुलाई सम्मान व्यक्त गर्दै गुरुपुर्णिको शुभकामना दिएका थिए ।

कार्यक्रम दिउसो २ बजेदेखि बेलुका ७ बजेसम्म चलेको थियो ।

कार्यक्रमलाई प्याब्सकका महासचिव गेन्द्र लामाले सञ्चालन गरेका थिए ।










