शनिबार, साउन ३० २०८३
ताजा अपडेट

हत्या आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ


  • मंगलबार, पुष २७ २०७८
11.2K
SHARES

फाईल तस्बिर

मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या गरेको आरोपमा ८१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार लेटाङ नगरपालिका–२, फँडानीमा घटना भएको हो । पाहुना आएका ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या गरेको आरोपमा ८१ वर्षीय डम्बरबहादुर भुजेल पक्राउ परेका हुन् ।

भुजेलको आँगनमा बुढाथोकीको शव भेटिएको र टाउकोमा बन्चरो वा त्यस्तै धारिलो हतियारले प्रहार भएको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका बुढाथोकी र भुजेलले सँगै बसेर मदिरा सेवन गरेको स्थानीयले बताएको प्रहरीको भनाइ छ । मदिरा सेवनपछि विवाद भएको हुन सक्ने बताइएको छ ।

भुजेललाई इलाका प्रहरी कार्यालय लेटाङको प्रहरी टोलीले पक्राउ गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा