बुधबार, कार्तिक ५ २०८३
ताजा अपडेट

मङ्गलबार भगवान गणेशको पूजा गर्नुहोस, कहिल्यै हुने छैन धनको कमी !


  • मंगलबार, पुष २७ २०७८
9.9K
SHARES

फाईल तस्बिर

मङ्गलबारको दिन मङ्गल ग्रहलाई समर्पित गरिएको हुन्छ । मङ्गलबारको दिन सौर्यको सबैभन्दा नजिकको ग्रह मानिने ग्रह पनि मङ्गल नै हो । मङ्गल ग्रहलाई ज्ञान बुद्धि, विवेक र आर्थिक सम्पन्नताको रुपमा समेत लिने गरिएको छ ।

त्यसैले मङ्गलबारको दिन भगवान गणेशको पुजा आरधनाले जीन्दगीभरि फल प्राप्त गर्न सकिने भएकाले भक्तजनहरुको लागि मङ्गलबारको दिन गणेशको पुजा गर्नु राम्रो मानिन्छ ।

विशेष गरेर मंगलबारको दिन भगवानको पूजा आरधना गर्ने चलन रहेको छ । तर मंगल ग्रहलाई समस्याको निर्माता मानिने भएकाले मंगल ग्रहको प्रभावलाई जोगाउनको लागि बुधबारको दिन पनि भगवान गणेशेको पुजा गर्ने प्रचलन रहेको छ । त्यसैले गणेशको पूजा गर्न आवश्यक पर्ने सामाग्रीको बारेमा बताउन गइरहेका छौँ ।

१.यदि तपाई गणेश भगवानको पूजा गरेर खुसी बनाउन चाहनुहुन्छ भने बिहानै उठेर नुहाएर सफा कपडा लगाएर मन्दिरमा गएर विभिवत रुपमा गणेशको पूजाआज गर्नुपर्नेछ । सख्खर सहित अन्य १२ किसिमका परिकार चढाएर गणेशको पूजा गर्नुपर्नेछ ।

२.यदि तपाईले भगवान गणेशको लागि पूजा आज गर्दा पनि सोचेजस्तो फल प्राप्त गर्न सक्नुभएको छैन् भने बुधबारको दिन गणेशलाई घ्यू अपर्ण गर्नु जरुरी हुन्छ । घ्यू अर्पण गर्दा गणेश भगवान प्रसन्न हुने भएकाले भविष्यमा सोचेभन्दा राम्रो फल प्राप्त हुनेछ । यदि तपाईले पूजा गरेर घ्यू अपर्ण गर्नुभएन भने तपाईले गरेको कार्य अपूर्ण रहनेछ ।

३.यदि भगवान गणेशको कृपाबाट प्रसन्न हुन चाहनुहुन्छ भने पूजा गर्दा गणेशलाई सख्खरबाट बनेका परिकारहरु गणेशलाई चढाउनुपर्नेछ । विधिवत रुपमा ब्रत बसी भगवान गणेशको पूजा गरेर गणेशलाई मकैको भोग लगाउनुहोस् जसले तपाईंको घरमा अन्न र धन कहिल्यै कमि हुने छैन् । गणेशको पूजा गर्दा अखण्डित चामल मात्र चढाउनुहोस् । अन्यथा गणेशलाई स्वीकार्य हुने छैन् ।

४.बुधबार गाणेशको ब्रत बसी मुगको दाल दान गर्दा जीवनमा सम्पूर्ण दुख कष्ट नष्ट भएर जानेछ । उक्त दिन मङ्गल ग्रहलाई प्रसन्न बनाउनको लागि भगवती दुर्गाको पूजा गर्नु ।

मंगलबारको दिन गर्न नहुने ५ काम

१- मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

२- मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।

३- मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।

४- मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।

५- मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा