शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भक्तपुरमा मास्क अनिवार्य, नलगाए कारबाही !


  • सोमबार, पुष २६ २०७८
10.9K
SHARES

तस्विरः फाइल

कोरोना संक्रमण बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय भक्तपुरले मास्क अनिवार्य गरेको छ ।

संक्रमणदर रोक्न आजदेखि कडाइका साथ मास्क अनिवार्य गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । प्रजिअ शर्माले मास्क अनिवार्य गरिएको र मास्क नलगाएको पाइए कारवाही गरिने जानकारी दिइन् ।

‘‘संक्रमणदर बढ्दै जाने उच्च जोखिम छ । कोरोना खोप प्रभावकारी रुपमा अगाडि बढाउँन र मास्कको अधिकतम प्रयोग गराउन सक्रिय छौँ,” उनले भनिन् ।

पछिल्ला दिनमा कोरोनाको नयाँ भेरिअन्ट सक्रिय भए सँगै कोरोना सङ्क्रमणको जोखिम बढे सँगै भक्तपुर जिल्लामा मास्क अनिवार्य गरिएको हो । स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्ने निर्देशन भक्तपुर जिल्लामा मात्र हैन देशैभर स्वास्थ्य मन्त्रालयले दिएको छ ।

भारतमा दैनिक कोरोना सङ्क्रमण फैलिए सँगै नेपालमा पनि खुला सिमानाका कारण संक्रमण दर फैलिँदै गएको पाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा