नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने बताएका छन्।
कांग्रेस झापाले आइतबार बिर्तामोडमा गरेको कार्यक्रममा शर्माले अबको निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्ने र कांग्रेसबाट नै प्रधानमन्त्री हुने बताएका थिए।
शर्माले ७० वर्षको लामो इतिहासमा अहिलेसम्म कोही पनि व्यक्ति पाँच वर्ष प्रधानमन्त्री पदमा टिक्न नसकेको बताए।
‘एउटा निर्वाचन जित्ने र एउटा निर्वाचन हार्ने कर्म गरिरहेको कांग्रेसले देशको मुहार राम्रो ढङ्गले बदल्न सक्दैन तसर्थ यो बेला सङ्कल्प गर्नुपर्छ आगामी निर्वाचन हामीले जित्नै पर्छ,’ उनले भने।
उनले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलातर्फ लक्षित गर्दै अबको निर्वाचनमा जिताउनुपर्ने बताए।
‘एकातर्फ कम्युनिष्ट आन्दोलनका नेता केपी शर्मा ओली उभिँदै गर्दा अर्काेतर्फ कृष्णप्रसाद सिटौला हुनुहुन्छ। अबको निर्वाचनमा उहाँ (सिटौला) लाई उच्च मनोबलका साथ जिताउनै पर्छ,’ उनले भने।
कांग्रेसलाई जित्ने मात्रै सोच नभई देश चलाउनुपर्ने दायित्व रहेको दाबी गरेका शर्माले अबका तीन कार्यकाल कांग्रेसलाई जिताएर मुलुकमा आमूल परिर्वतन ल्याउनुपर्ने बताएका थिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।