
बुटवल ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू तोडफोड भएको छ । सिक्सलेन सडकको शंकरनगर चोकदेखि नयाामिलसम्म रहेका ५ वटा बुद्धमूर्ति माथि तोडफोड भएको हो ।
तिलोत्तमा नगरपालिकाका मेयरका बासुदेव घिमिरेका अनुसार बुधबार साँझसम्म केही नभएको मूर्ति बिहान तोडफोड भएको छ। कसले किन तोडेको हो भन्नेबारे अहिलेसम्म पत्ता नलागेको पनि मेयर घिमिरेले भन्छन् ।
अहिले घटनास्थलमा प्रहरी टोलीले अध्यययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। लुम्बिनीको झल्को दिन भन्दै गत आर्थिक वर्षमा तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा २२ वटा बुद्ध मुर्ति स्थापना गरेको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।