राप्रपा पूर्वअध्यक्ष कमल थापाले राष्ट्रिय एकता अभियान रोकेका छन् । कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि उनले २७ पुसबाट गर्न लागिएको अभियान रोकेको जानकारी दिएका हुन् ।
‘२७ पुसदेखि सुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले छुट्टै अभियान गर्न लागेका थिए । थापाले चुनावमा पराजयको आरोप निर्मल निवासलाई लगाउँदै आएका छन् ।
पूर्व राजाले आफूलाई राप्रपा अध्यक्ष बन्न नदिएको र राजेन्द्र लिङदेनलाई सहयोग गरेको भन्दै थापा रुष्ट छन् । उनमा अध्यक्ष हुन नपाउँदा छटपटी भएको उनका अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।