नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर बजार अर्थतन्त्रको एक अभिन्न अंग रहेको भन्दै यसले अर्थतन्त्रको पछिल्लो अवस्था झल्कने बताएका छन् ।
लेखा समितिमा आइतबार आयोजित छलफलमा उनले भने, ‘शेयर बजार नराम्रो चिज होइन, अर्थतन्त्रको महत्त्वपूर्ण अंग हो, तर यो स्टेबल हुनुपर्छ । अर्थतन्त्र कुन अवस्थामा छ, त्यो शेयर बजारमार्फत रिफ्लेक्ट हुन्छ ।’
उनले अहिले अर्थतन्त्र संकटमा आइनसकेको भन्दै चुनौतीपूर्ण अवस्थामा रहेको बताए । अर्थतन्त्र अत्यासलाग्दो अवस्थामा नरहेको तर सचेत हुनुपर्ने अवस्थामा रहेको उनको भनाइ थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।