खराब मौसमका कारण आन्तरिक (डोमेष्टिक) तर्फका केही उडानहरु प्रभावित हुन पुगेका छन् । त्रिभूवन विमानस्थल (टीआईए) का अनुसार आइतबार बिहान देखिनै केही तराई क्षेत्रका एयरपोर्टहरु (विमानस्थल) मा बाक्लो हुस्सु कारण खुल्न नसक्दा उडान प्रभावित हुन पुगेका हुन् ।
टीआईएका अनुसार पूर्वको विराटनगर, भैरहवा, जनकपुर, सिमरा र तुम्लिनटार गरि पाँचवटा विमानस्थल बाक्लो हुँस्सकै कारण हालसम्म खुल्न सकेका छैनन् ।
अन्य केहीँ विमानस्थलहरु भने घाम लागेसँगै सुचारु हुन थालेको त्रिभूवन विमानस्थल (टीआईए) का प्रवक्ता टेकनाथ सिटौंलाले रातोपाटीलाई जानकारी दिए ।
यद्यपि, तत्तत् गन्तव्यहरुमा जाने कति उडान प्रभावित भएको भन्ने हालसम्म जानकारी नआएको उनले बताए । तर, यता अन्तर्राष्ट्रिय उडानतर्फ भने कुनै समस्या नरहेको प्रवक्ता सिटौंलाले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।