शनिबार, साउन ३० २०८३
ताजा अपडेट

शिक्षा मन्त्री पौडेल केएमसीमा, २४ घन्टाभित्र शुल्कबारे रिपोर्ट दिन निर्देशन


  • बिहिबार, पुष २२ २०७८
7.5K
SHARES

फाइल तस्विर

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल काठमाडौं मेडिकल कलेजमा पुगेका छन्।

कलेजले अतिरिक्त शुल्क लिएको विद्यार्थीहरूले उजुरी र गुनासो गरेपछि बुझ्न मन्त्री पौडेल आज भक्तपुरस्थित मेडिकल कलेज पुगेका हुन्।

मन्त्री पौडेलले कलेज प्रशासन, विद्यार्थी र जिल्ला प्रशासन कार्यालय भक्तपुरबीच छलफल गरेर कलेजले लिइरहेको शुल्कबारे भोलिसम्म रिपोर्ट पेश गर्न निर्देशन पनि दिएका छन्।

विद्यार्थीहरूले कलेजले होस्टेल शुल्क पनि बढी लिएको गुनासो गरेका छन्।

विद्यार्थीहरूले कलेजले बढी शुल्क लियो भन्ने गुनासा गरेका छन्। मन्त्रालयमा उजुरी पनि परेको छ,’ मन्त्री पौडेलले भने, ‘सञ्चार माध्यममा पनि कलेजले अतिरिक्त शुल्क लिएको खबर छ। नियमभन्दा बाहिर गएर शुल्क लिएको पाइएमा कारबाही हुन्छ।’

कलेज प्रशासनले भने मन्त्री पौडेलसँग शुल्क बढी लिइएको पाइएमा विद्यार्थीहरूसँग वार्ता गर्न तयार रहेको जवाफ दिएका थिए। कलेजमा राजनीतिले प्रवेश पाएको र विद्यार्थीहरूले ताला लगाएको पनि कलेज प्रशासनको भनाइ थियो।

कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा अखिल क्रान्तिकारी, नेविसंघ तथा अभिभावकहरूले विरोध गरिरहेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा