प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको भारतको गुजरात राज्यमा हुन लागेको ‘भाइब्रेन्ट गुजरात’ समिटको मिति सरेको भएको छ।
भारतीय पत्रिका द हिन्दुका अनुसार कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको भन्दै जनवरी १० देखि हुने भनिएको समिट गुजरात सरकारले सारेको हो। गुजरात सरकारले समिटको अर्को मिति तय गरेको छैन।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा पुस २५ गते भारत जाने तयारी भइरहेको थियो।
समिट स्थगित भएपछि प्रधानमन्त्री देउवा भारत जाने/नजानेबारे निर्णय भएको छैन। भारतीय सञ्चार माध्यम एएनआईले ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले समिट स्थगित गरेको उल्लेख गरेको छ ।
भारतमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा फैलिएको छ । भारतीय राष्ट्रिय कांग्रेससहितका विपक्षी दलले भाइब्रेन्ट गुजरात समिट रोक्न माग गरेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।