बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

गुप्तचर प्रमुखमा यदुलाल खरेल नियुक्त


  • बिहिबार, पुष २२ २०७८
6.1K
SHARES

फाइल तस्विर

राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को प्रमुखमा यदुलाल खरेल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई मुलुकको आन्तरिक गुप्तचरी निकाय राअविको प्रमुखमा बढुवा गरेको हो ।

खरेलसँगै राअविका अर्का अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यादवप्रसाद रेग्मी पनि गुप्तचर प्रमुख बन्ने दौडमा थिए । तर सरकारले हाल गुप्तचरको प्रशासन विभाग प्रमुख रहेका खरेललाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेको एक मन्त्रीले बताए ।

हालका गुप्चतर प्रमुख गणेश अधिकारीको कार्यकाल दुई दिनपछि सकिँदैछ । त्यसपछि रेग्मीले गुप्तचरको प्रमुखका रुपमा कार्यभार सम्हाल्नेछन् । खरेल पनि हालका गुप्चतर प्रमुख अधिकारीकै ब्याचमेट हुन् । उनले ५८ वर्षे उमेर हदका कारण ७ महिनापछि अवकाश पाउनेछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा