प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ । बिहान नौ बजेदेखि बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण, राष्ट्रिय सभा निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भएको बताइएको छ ।
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको समितिमा समितिमा सत्तारुढ पाँच दलका शीर्ष नेताहरू सदस्य छन् । काँग्रेसबाट नेता पौडेल र कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल छन् ।
बैठकमा नेकपा एमालेले प्रतिनिधि सभामा गर्दै आएको अवरोध अन्त्यका विषयमा समेत छलफल हुने नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । नेता पौडेलले बुधबारमात्रै एमाले अध्यक्ष केपी ओलीसँग उनकै निवास बालुवाटारमा भेटवार्ता गरेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।