नेपालमा पछिल्लो दिनमा कोरोना संक्रमित बढ्दै गएको देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार २६७ जनामा कोरोना परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा २३९ जना निको भएका छन् ।
यद्यपि पछिल्लो २४ घण्टामा कसैको कोरोनाबाट मृत्यु भने भएको छैन । हाल देशभर सक्रिय संक्रमित ५ हजार २२५ जना रहेका छन् भने त्यसमध्ये संस्थागत आइसोलेशनमा ३ हजार ७३ जना रहेका छन् भने बाँकी होम आइसोलेशनमा रहेका छन् ।
यसअघि मंगलबार देशभर ३९३ जनामा कोरोना संक्रमण देखिएको थियो भने सोमबार सोमबार ३२६ र आइतबार २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।