बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

देउवालाई शेखर कोइरालाको प्रश्न : केन्द्रीय सदस्य मनोनयनको मापदण्ड के हो ?


  • बुधबार, पुष २१ २०७८
8.9K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनपछि कुन मापदण्डका आधारमा केन्द्रीय सदस्य मनोनित गरिएको हो भनी सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

बुधबार एक अपिल जारी गर्दै उनले केन्द्रीय सदस्यहरु कुन मापदण्डका आधारमा मनोनित गरिएको हो भन्ने जान्न चाहेको बताएका छन् ।

…नियुक्ति पाउनुभएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के मापदण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो हामी जान्न चाहन्छौं’ उनले भनेका छन्, ‘पार्टीमा न्यायोचित अवसरको वितरढा र व्यवस्थापन हुन जरुरी छ, नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ ।’

सभापति देउवाले दुईपटक गरी हालसम्म १३ जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । जसमा आफू निकटका व्यक्तिलाई मात्र मनोनित गरेको र इतर पक्षलाई बेवास्ता गरेको कोइराला पक्षको गुनासो छ ।

नेता कोइरालाले सभापतिलाई मन पर्ने र नपर्नेका रुपमा व्यक्तिको छनोट हुन थालेमा पार्टी दुर्घटनामा पर्ने बताएका छन् । ‘सभापतिको लाइक र डिसलाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधानबाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एक ढिक्का भएर प्रयत्न किन नगर्ने ?’ उनले प्रश्न गरेका छन् ।

नेता कोइरालाले पार्टीको निर्णय गर्ने ठाउँमा आफूहरु प्रभावकारी हुन नसके पनि पार्टीभित्र हुने सबै काम न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय हुनुपर्ने बताए ।

उनले पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेसको संगठनमा निराशा पैदा भए अगाडिका निर्वाचन असहज हुने पनि बताएका छन् । ‘हाम्रो निर्णय प्रक्रियाले पार्टीमा ऊर्जाको सञ्चार गर्न नसके कांग्रेस शिगिल हुन सक्छ’ डा. कोइरालाले भनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा