आज नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको दरभाउ तोक्दै सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो ।
यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ । आज महासंघले चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ पुगेको बताएको छ । हिजो मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।