बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

सिरहामा कांग्रेस सभापतिसँग लफडा परेका एसपी पाण्डे निलम्बित


  • बुधबार, पुष २१ २०७८
14.5K
SHARES

फाइल तस्विर

प्रहरी प्रधान कार्यालयले हालै सिरहा प्रमुखबाट हेडक्वाटर तानिएका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई निलम्बन गरेको छ। कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवसँग लफडा गरेको आरोप  लागेका पाण्डेलाई प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ निलम्बन गरेको हो।

उनीमाथि अनुसन्धान जारी रहेकाले तीन महिनाका लागि निलम्बन गरिएको प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिए उहाँलाई तीन महिनाका लागि निलम्बन गरिएको छ। समिति बनाएर अब छानबिन हुन्छ,’ एसएसपी कुँवरले भने।

पछिल्लो समय सिरहा, सप्तरीलगायत मधेशका जिल्लाहरूमा सिके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलनका नाममा तनाव बढाइरहेको छ। सिरहामा केही समयदेखि उनीहरूले राजमार्ग  बन्द गरेर सवारी साधन जलाइरहेका छन्।

सिके राउतका कार्यकर्ताले शान्ति सुरक्षामा चुनौती दिइरहेका बेला आइतबार सिरहाका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेको सरूवा भयो। प्रहरी प्रधान कार्यालयले उनलाई हेडक्वार्टर तानेर सिरहामा अर्जुन तिम्सिनालाई खटाउने निर्णय गर्‍यो।

प्रहरी उपरीक्षक पाण्डे सात महिनाअघि मात्रै सिरहा गएका थिए। प्रहरीमा साधारणतया कार्यक्षेत्रमा खटेको एक वर्षपछि मात्रै सरूवा हुन्छ।

जिल्लाको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बनेका बेला भएको एसपी पाण्डेको सरूवाले अहिले चर्चा पाइरहेको छ। र उनको सरूवासँग जोडिएका छन् नेपाली कांग्रेसका सिरहा सभापति रामचन्द्र यादव।

एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालयले कुनै ‘चार्ज’ लगाएको छैन। ‘शान्ति सुरक्षा’ तथा ‘विभागीय आवश्यकता’को सरूवा हो भनेको छ।

‘उहाँको सरूवा विभागीय आवश्यकताअनुसार भएको हो,’ प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले भने।

सरूवा भएको दिन पाण्डेले राति सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवको घरमा गएर गोली हान्ने धम्की दिएको आरोप लागेको छ। त्यो आरोप कति सत्य हो होइन भन्ने यकिन छैन। यहि बिचमा प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई निलम्बन गरिएको समाचार बाहिरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा