शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

गुटको राजनीति अन्त्य गर्नु पर्छ भन्ने शेखर आफै देउवाविरुद्ध मोर्चाबन्दीमा जुटे !


  • बुधबार, पुष २१ २०७८
11K
SHARES

फाइल तस्विर

कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन समूहसँग प्रतिस्पर्धा गरेको डा. शेखर कोइरालाको समूहको प्रतिवद्धता थियो, महाधिवेशनसँगै गुटहरु सकिने छ । महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भए भने कोइराला पराजित ।

तर महाधिवेशनपछि पनि गुटलाई संस्थागत गर्नु गलत भएको बताउने कोइरालाले पछिल्लो समय गुटगत छलफललाई तीव्रता दिएका छन् । सभापति देउवा एकलौटी रुपमा अगाडि बढेको र आफूहरुलाई शक्तिका रुपमा स्वीकार नगरेको गुनासो डा. शेखर समूहका नेताहरुको छ ।

केन्द्रीय कार्यसमितिको पहिलो बैठकअघि सभापति देउवाले नेताहरुको वरियता तोके । सभापतिमा दोस्रो मत पाएका कोइरालालाई २० औं वरियतामा राखेपछि उनीनिकट नेताहरु रुष्ट भए । वागमती प्रदेशमा मन्त्रीहरु छनोट गर्दा रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई भाग दिए, तर डा. शेखरसँग परामर्शसमेत गरेनन् ।

सभापति देउवाले दुई पटक गरेर १३ जना केन्द्रीय सदस्य मनोनित गरे । कांग्रेस विधानले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार दिएकाले यो देउवाको विवेकको निर्णय थियो । तर उनले रामचन्द्र पौडेलबाहेक सबै आफूलाई मत दिनेलाई मात्र मनोनित गरे । पार्टीमा आफूलाई मत नदिनेको पनि सभापति हुने र सबैलाई समेटेर लैजाने प्रतिवद्धता विपरीत सभापति देउवाले फेरि गुटलाई अगाडि बढाउन खोजेको आरोप कोइराला समूहको छ ।

देउवाले आइतबार सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गरेर राष्ट्रियसभा सदस्यको सिट बाँडफाँट गरे । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई बोलाएका देउवाले डा. शेखरलाई सम्झिएनन् । सोमबार केन्द्रीय कार्यसमितिबाट उम्मेदवार चयन गर्दा पनि उनले शेखरको साटो पौडेलसँग परामर्श गरे ।

मंगलबार भएको छलफलमा यो समूहका नेताहरुले ४० प्रतिशत मत पाएका डा. शेखरलाई नेताकै रुपमा स्वीकार गर्न नखोजेको निष्कर्ष निकालेका छन् ।

नेताहरुका अनुसार महाधिवेशनमै सहभागी नभएका रामचन्द्र पौडेललाई ‘स्पेस’ दिइरहेको भन्दै यो समूहका एक नेता भन्छन्, ‘पौडेललाई यो समूहको नेताका रुपमा व्यवहार गर्नुभएको हो भने त्यो गलत हो ।

अहिले डा शेखर तीव्र रूपमा आफू निकट नेताहरू सँग छलफलमा व्यस्त देखिन्छन् । महाधिवेशन पस्चात पुन काँग्रेसमा गुटको बीजारोपण भएको आभास हुन थालेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा