सानिमा बैंक लिमिटेडले धादिङ मलेखुमा शाखा स्थापन गरी बैंकिङ सेवा प्रवाह थालेको छ । बैंक सञ्चालक बलराम पराजुली एवम् ब्राण्ड प्रवद्र्धकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले संयुक्त रूपमा शाखा उद्घाटन गरेका हुन् ।
मह जोडीले मलेखुमा शाखा स्थापना गरेकोमा बधाई दिँदै सबल तथा विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलता हासिल गर्न शुभकामना दिए ।
बैंक संचालक बलराम पराजुलीले ग्राहक तथा सरोकारवालाहरूप्रति निरन्तर सहयोग तथा संरक्षण निम्ति कृतज्ञता जनाए ।
सानिमा बैंकले हालसम्म देशभर ११९ शाखा कार्यालय र ९७ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।