शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

डिस्चार्ज भए वर्षमान पुन, शुक्रबार नेपाल आउने


  • मंगलबार, पुष २० २०७८
11.6K
SHARES

फाइल तस्विर

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ९८ दिन लामो उपचारपछि डिस्चार्ज भएका छन् ।

जन्डिस बिग्रिएका कारण स्वास्थ्यमा समस्या आएपछि सुरुमा थाइल्यान्ड गएका उनी थाइल्यान्डबाट रेफर भएर उपचारका चीन पुगेका थिए । चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटलमा उपपचार गराइरहेका उनी आज डिस्चार्ज भएका हुन् ।

उनी आउँदो शुक्रबार नेपाल फर्कने तय छ । पुनका साथमा उनकी धर्मपत्नी ओनसरी घर्ती पनि गएकी थिइन् । उनी पनि शुक्रबार नेपाल फर्कनेछिन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुन दम्पती फर्किएपछि मात्र पदाधिकारी चयन गर्ने भन्दै केन्द्रीय कमिटी बैठक यही पुस २५ गतेका लागि सारेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा