शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त हुँदैन, नेपाल दिवसका रूपमा मनाऔँ : विवेकशील साझा


  • मंगलबार, पुष २० २०७८
10.9K
SHARES

फाईल तस्बिर

विवेकशील साझा पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’का रूपमा मनाउन माग गरेको छ । मंगलबार प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै यस्तो माग गरिएको हो ।

“संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गर्दछ, जुन स्थायी हुन्छ । नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्छ भन्ने हाम्रो धारणा हो,” विज्ञप्तिमा भनिएको छ ।

संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित नहुने भन्दै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त नहुने साझा पार्र्टीको धारणा छ ।

उक्त दिन सार्वजनिक बिदा दिने सम्बन्धमा पार्टीले विगतमा गरेको मागलाई पनि पुनः दोहोर्‍याइएको छ । “अनावश्यक रूपमा अनेकौँ बिदाहरू दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु अत्यन्तै खेदजनक विषय हो,” विज्ञप्तिमा भनिएको छ ।

यस्तै, नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न र हरेक सरकारी कार्यालयमा ससम्मान उनको तस्बिर राख्न निर्देशन दिइयोस् भन्ने माग पनि दोहोर्‍याइएको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर विवेकशील साझाले यही पुस २७ गतेदेखि ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ सुरु गर्दै छ । उक्त यात्रा माघ १६ गते सहिद दिवसका दिन अन्त्य हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा