नेकपा माओवादी केन्द्रको महाधिवेशनबाट पुन पुस्पकमल दाहाल प्रचण्ड सर्बसम्मत रुपमा अध्यक्ष बनेका छन् । झण्डै ३० वर्षदेखि पार्टी नेतृत्वमा राज गरिरहेका प्रचण्ड पुन अध्यक्षमा सर्बसम्मत भएका हुन ।
२०४८ नेकपा मशालको महामन्त्री भएका प्रचण्डले २०५१ सालदेखि माओवादी सशस्त्र युद्धको नेतृत्व गरे। प्रचण्डले २०५७ सालदेखि माओवादीको अध्यक्ष छन्। माओवादीमा रहँदा नेतृत्वमा मोहन बैद्य देखि बाबुराम भट्टराईसम्मले नेतृत्वमा दाबी गरेपनि प्रचण्डले सँधै आफूसँग जुध्न आउनेको सिंङ फुकाल्न सफल भए।
अहिलेको अधिवेशनबाट आफु अध्यक्ष बने संगै मुलुक र जनताको चाहानाले आफु अध्यक्ष बनेको प्रत्रिक्रिया दिएका थिए । रुपान्तरणको आवश्यकतालाई मध्यनजर गर्दै पुन नेतृत्वमा आएको बताएका उनले आज आफूले पाएको अभिभाराले पुन ठूलो सेवा गर्ने अवसर प्राप्त भएको बताएका थिए ।
माओवादी एउटा क्रान्तिकारी आन्दोलन र विचार भएको प्रचण्डको दाबी छ । माओवादीले इतिहासमा युगान्तकारी परिवर्तनको आधारशिला खडा गरेको बताएका थिए ।
उनले अब प्रचण्ड नहुँदैमा माओवादी नसकिने भए पनि देशलाई आफ्नो आवश्यकता रहेकाले पुन सक्रिय राजनीतिमा आउन चाहेको धारणा राखेका थिए ।
नेकपा एमाले र माओवादी एकता भएका बेला पनि दुई मध्ये एक अध्यक्ष बनेका प्रचण्ड पार्टी विभाजनपछि फेरि अध्यक्ष भए । अहिले चलेको राष्ट्रिय सम्मेलनबाट माओवादीले फेरि प्रचण्डको नेतृत्व सर्बसम्मत स्विकार गरेको छ ।
एक एमाले नेताका अनुसार प्रचण्डले अध्यक्षको टिको लाएर माओवादीले प्रचण्डको सत्ता र शक्तिबाहेक अन्यत्र बस्न नसक्ने चरित्र देखाएको बताउँछन् ।
निरन्तर टिके प्रथा जसरी महाधिवेशन गर्यो आफै अध्यक्षको टिको लायो मात्रै आओवादीको अधिवेशनमा भएको एमाले नेता कार्यकर्ताको बुझाइ छ ।