नेपाल क्रिकेट संघ क्यान ले बोलाएको बन्द प्रशिक्षणमा सहभागी हुन ज्ञानेन्द्र मल्लसहितका खेलाडी होटल पुगेका छन्।
खेलाडी वर्गीकरणको विषयमा भएको विवादका कारण असन्तुष्ट क्रिकेटर र क्यानबीच छलफल भएको भोलिपल्ट ज्ञानेन्द्रसहितका खेलाडी होटल पुगेका हुन्। तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसी पनि आजै होटल पुग्ने बताइएको छ।
यसअघि क्यानले आइतबारदेखि बन्द प्रशिक्षण सुरू गर्ने निर्णय गरेकोमा ११ खेलाडीले बहिष्कार गरेका थिए।
आइतबार सुरु हुन नसकेको बन्द प्रशिक्षण सोमबार देखि सुरु भएको थियो। पहिलो दिन त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १४ जना खेलाडी उपस्थित भएका थिए।क्यानले बन्द प्रशिक्षणमा सहभागी हुन ३० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको थियो। यसअघि खेलाडी कारवाहीको बिरोधमा बन्द प्रशिक्षणमा अधिकांश खेलाडी गएका थिएनन्।
कप्तान सन्दीप लामिछाने हाल बिग ब्यास लिग खेल्न अस्ट्रेलियामा छन् र जनवरी अन्तिम साता मात्र नेपाल आइपुग्नेछन्।आइतबार क्यान र असन्तुष्ट रहेका खेलाडीको तर्फबाट ज्ञानेन्द्र मल्लबीच छलफल भएको थियो।ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरीसहित ११ खेलाडी होटल नपुगेपछि क्यानले ज्ञानेन्द्रसँग वार्ता गरेको थियो।
खेलाडीको वर्गीकरणमा असन्तुष्टि जनाएकै कारण चार क्रिकेट क्यानले ६ महिना तलब नदिने निर्णय गरेको थियो। यस्तै ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको थियो भने सन्दीप लामिछानेलाई कप्तान बनाउने निर्णय गरेको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।