शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

जेलमा रहेका रेशम चौधरी श्रीमतीलाई अध्यक्ष बनाएर नयाँ पार्टी दर्ता गर्दै


  • सोमबार, पुष १९ २०७८
13.8K
SHARES

फाइल तस्विर

डिल्लीबजार कारागारमा रहेका सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गर्ने भएका छन्।चौधरीले सोमबार नागरिक उन्मुक्ति पार्टी गठन गर्न लागेका हुन्। आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न लागिएको भए पनि त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमती श्रेष्ठ रञ्जिताको नाममा पार्टी गठन गर्ने भएका हुन्। रञ्जिताका अनुसार नागरिक उन्मुक्ति पार्टीको प्रस्तावित अध्यक्ष उनी छिन्।

‘उहाँको नाममा पार्टी दर्ता गर्ने योजना छ, उहाँको नाममा नभए मेरो अध्यक्षतामा पार्टी दर्ता हुन्छ,’ श्रेष्ठले भनिन्।नयाँ पार्टी दर्ता गर्न श्रेष्ठसहितको टोली सोमबार मध्याह्न भृकुटीमण्डपबाट झाँकीसहित निर्वाचन आयोगमा जाँदैछ।

डिल्लीबजार कारागारका अनुसार चौधरीले पार्टी दर्ताका लागि आफैं निर्वाचन आयोग जान खोजेका थिए। उनले आइतबार कारागार व्यवस्थापन विभाग र निर्वाचन आयोगमा निवेदन दिएका थिए। हामीले निवेदन पठाइदियौं तर निर्वाचन आयोगले केही रेस्पोन्स गरेको छैन, कारागार विभागले हुँदैन भनेर मौखिक रूपमा भनेको छ ।

चौधरी टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितको हत्या आरोपमा जेलमा छन्। उनले जेलबाटै चुनाव उठेर जितेका थिए।

पछि चौधरी राष्ट्रिय जनता पार्टीमा आवद्ध थिए। राष्ट्रिय जनता पार्टी फुटेर लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि चौधरी सोही पार्टीमा थिए।

तर, थरुहट आन्दोलन र बन्दी रिहाबारे सरकार, मधेसी दल कसैले पनि चासो नदेखाएपछि आफैं दल खोल्ने निर्णयमा पुगेका हुन्।

‘ठूला राजनीतिक दल, आफू आवद्ध मधेसवादी दलबाट केही पनि निकास निस्केन। मधेसवादी दलले पनि कुनै पहल गरेको देखिएन। अब अरूको हातबाट हुन्न, अखण्ड सुदरपश्चिमको राजनीतिक मुद्दा बन्यो तर थारूको बनेन,’ श्रेष्ठले भनिन्, ‘त्यसैले नयाँ दल स्थापना गरेर थारूहरूको पहिचान बनाउने, अरूको झोला नबोक्ने निष्कर्षसाथ पार्टी गठन गर्न लागिएको हो।’

संसदीय चुनाव हुने बेलामा चौधरी जेलमै थिए। त्यसबेला श्रीमतीलाई मनोनयन दर्ता गराउन दिइएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा