शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

राष्ट्रियसभा चुनावमा भागबण्डा मिलाउन गठबन्धनका नेताहरुबीच बैठक


  • सोमबार, पुष १९ २०७८
9.2K
SHARES

फाइल तस्विर

राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनभित्र छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १० बजेपछि गठबन्धनका शीर्ष नेताबीच राष्ट्रियसभामा गठबन्धन बनाएर जानेबारे छलफल जारी छ ।

सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर राष्ट्रियसभा चुनावमा जाने तयारीमा छन् ।

आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।

राष्ट्रपतिबाट मनोनित हुने एक स्थानबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ । त्यसका लागि काँग्रेस र माओवादी, एकीकृत समाजवादी र जसपा राष्ट्रियसभाको सिटमा भागबण्डा मिलाउने तयारीमा छन् ।

सत्तारुढ गठबन्धन १९ वटै सिट जित्ने गरी रणनीति बनाएर अगाडि बढ्ने तयारीमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा