देशभर थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत चौबिस घण्टामा ७ हजार १ सय १४ जनाको पीसीआर परीक्षण गर्दा २३८ जना र १ हजार ५ सय ३३ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो विवरणमा उल्लेख छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ४४९ पुगेको छ ।
आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३५७ जना निको भएका छन् । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ भने ८ लाख ४ हजार ९०१ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ जना रहेका छन् । जसमध्ये ६ हजार ६२ जना होम आइसोलेसनमा रहेका छन् भने ३२४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १४४ जना आईसीयू र ३२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।