पूर्व-पश्चिम राजमार्गस्थित धनुषाको पोर्ताहा पुलमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहा पुलमा टायर बालेर बाटो अवरूद्ध गरेका कार्यकर्तालाई हटाउने क्रममा प्रहरीले गोली चलाउँदा करिब आधा दर्जन घाइते भएका छन्।
प्रहरीको गोली लागेर नथु यादव, राम दयाल मण्डल, सञ्जय साह, विजय यादव र वैजनाथ साह घाइते भएका छन्। घाइतेमध्ये वैजनाथको टाउकामा गोली लागेको प्रहरीले जानकारी दिएको छ।
डिएसपी बस्नेतका अनुसार घटनामा परि दुई प्रहरी घाइते भएका छन्।घाइते प्रहरी जवान विवेक कुमार साह र नारायण चौधरीको उपचार भइरहेको बस्नेतले जानकारी दिए।
प्रहरीले अवरूद्ध सडक खुलाउन पटक पटक आग्रह गर्दा पनि उनीहरूले नमानेपछि प्रहरीले बल प्रयोग गरेको बताएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।