शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

पाल्पामा मलामी सवार बस दुर्घटना हुँदा ८ जनाको मृत्यु !


  • आइतबार, पुष १८ २०७८
7.3K
SHARES

फाइल तस्विर

बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा पठाइएको खांणले बताए ।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पा रिब्दिकोट २ लघुवामा आइतबार बिहान दुर्घटना भएको थियो। लु २ ख ७२७९ नम्बरको बस  दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो। घाइते मध्य थप पछि १ को मृत्यु भएपछि जम्मा मृतकको सङ्ख्या ८ पुगेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा