शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमसीसी देश र जनताका लागि हो : गृहमन्त्री खाँण


  • शुक्रबार, पुष १६ २०७८
8.8K
SHARES

फाईल तस्बिर

गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सबै राजनीतिक दलबीचको सहमतिमै अगाडि बढाइने उल्लेख गरे।

पोखरामा आयोजित पत्रकार भेटघाटमा नेपाल सरकारले नै जलविद्युत् परियोजना र सडक पूर्वाधारका लागि एमसीसी प्रस्ताव गरेको बताउँदै उनले सो अनुदान सहयोगको सदुपयोग गर्न सक्नुपर्ने उल्लेख गरे।

उनले भने , ‘एमसिसी देश र जनताका लागि हो, राष्ट्रिय सहमतिको प्रयत्न गर्दै सबैले मिलेर यसलाई अघि बढाउँछौँ। सहमतिका आधारमा नेपालमा धेरै कुरा भएका छन्। यसमा पनि सहमति हुन्छ।’

उनले अहिलेको नेपालको राज्य प्रणाली स्वतन्त्र पत्रकारिताका पक्षमा रहेको बताए। गृहमन्त्री खाँणले लोकतात्रिक मूल्य पद्धति र स्वतन्त्र पत्रकारिताको अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै पत्रकारिता र लोकतन्त्र एक सिक्काका दुई पाटा रहेको स्पष्ट पारे। उनले भने, ‘प्रदेशसभा र राष्ट्रियसभालाई स्वतन्त्र पत्रकारिताका पक्षमा कानून निर्माण गर्न नेपाल सरकारकोतर्फबाट आग्रह गर्न चाहन्छु। नयाँ बन्ने वा संशोधित हुने कानुन स्वतन्त्र पत्रकारिताका पक्षमा हुनुपर्दछ।’

गृहमन्त्री खाँणले संविधानसभाबाट बनेको बर्तमान संविधानलाई सबै राजनीतिक दल मिलेर सफल बनाउँदै अगाडि बढाउनुपर्नेमा जोड दिए। राष्ट्रिय राजनीतिको मूलधारमा नआएका राजनीतिक पार्टीसँग पनि सरकारले संवादका माध्यमबाट मुलुकमा शान्तिसुरक्षा र अमनचयन स्थापना गर्ने तथा संविधानलाई सबैले अपनत्व गर्नसक्ने बनाउने प्रतिबद्धता उनले व्यक्त गरे। स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन समयमै सम्पन्न हुने उनको भनाइ थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा