काठमाडौंको चन्द्रागिरीमा युवक मृत अवस्थामा फेला परेका छन् । चन्द्रागिरी नगरपालिका–४ स्थित सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी डिल्लीराम पाण्डेले बताए ।
मृत फेला परेका लामा काठमाडौंको नागार्जुन नगरपालिका–१ का स्थानीय हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली नेतृत्वको टोली घटनास्थलमा पुगेका छन् ।
फोरेन्सिक चिकित्सकले घटनास्थल निरीक्षण गरेपछि शव पोष्टमार्टमका लागि पठाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।