शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नरेफाँटको जुवाखालबाट ६ जना पक्राउ


  • बुधबार, पुष १४ २०७८
7.5K
SHARES

फाईल तस्बिर

काठमाडौंको कोटेश्वरस्थित नरेफाँटमा सञ्चालित जुवा खालमा प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ । मंगलबार राति काठमाडौं–३२ नरेफाँटमा अमर लिम्बुको कोठामा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले  बताए ।

पक्राउ पर्नेमा रौतहट घर भएका निलबहादुर रानामगर, ललितपुर घर भएका रामबहादुर घलान, मोरङका विकास गजमेर, रामेछापका सुब्बा रोका र विश्वराज थापा तथा तेह्रथुम घर भएका अम्मर लिम्बु छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर सुरेशराज भट्ट नेतृत्वको टोलीले जुवा खालबाट १ लाख ४३ हजार नगद र १२ बुक तास बरामद गरेको छ । आरोपीहरुमाथि जुवा ऐनअनुसार अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा