शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

प्रचण्डको प्रतिवेदनमा सुझाव राख्न १५ मिनेटको समय


  • मंगलबार, पुष १३ २०७८
8.9K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि सुझाव दिन १५ मिनेटको समय छुट्याइएको छ । मंगलबार बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्डको प्रतिवेदनमाथि सुझाव राख्न प्रत्येक समूहका नेतालाई १५ मिनेटको समय छुट्याइएको नेता हरिवोल गजुरेलले जानकारी दिए । उनका अनुसार बुधबार दिउँसो १ बजेदेखि समूह नेताले आफ्नो सुझाव राख्न पाउनेछन् ।

त्यस्तै बैठकले नेपालको संविधान र पार्टीको विधानअनुसार पार्टी कमिटीमा समानुपातिक समावेशी संख्या मिलाउन ५ सदस्यीय समिति गठन गरेको छ । देव गुरुङको नेतृत्वमा शक्ति बस्नेत, जनार्दन शर्मा, विष्णुपुकार श्रेष्ठ र गिरिराजमणि पोखरेल रहेको समिति गठन गरेको एक नेताले जानकारी दिए ।

आइतबारबाट सुरु भएको नेकपा माओवादीको ८ औं महाधिवेशनमा अध्यक्ष प्रचण्डले सोमबार आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमाथि छलफल गर्न माओवादीले विभिन्न प्रदेशगत र क्लस्टर मिलाएर २५ वटा समुह बनाएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा