शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

पैसाको आसक्ति र यौन अनैतिकता त्याग्न प्रचण्डको आग्रह


  • मंगलबार, पुष १३ २०७८
7.3K
SHARES

फाइल तस्विर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांस्कृतिक रुपान्तरण जरुरी रहेको बताएका छन् । त्यसका लागि उनले पार्टीका समग्र नेता कार्यकर्ताको जीवनशैलीदेखि लुवाइखुवाई, कमिशन, भ्रष्टाचार र यौन अनैतिकता त्याग्न जरुरी रहेको बताएका छन् ।

साथै उनले पार्टी, पार्टीका जनवर्गीय संगठनहरु उत्पादन र विकास निर्माणमा सहभागी हुनुपर्ने तथा शिक्षा, स्वास्थ्य र समाजिक सुरक्षालाई सुधार गरेरमात्रै समाजवादको आधार तयार हुने बताएका छन् ।

पार्टीको जारी ८ औं महाधिवेशनमा प्रचण्डले पेश गरेको ‘२१ औं सताव्दीमा नेपाली समाजवादको बाटो’नामक राजनीतिक प्रतिवेदनमा पार्टीले अवलम्बन गर्नुपर्ने तात्कालिन नीति, योजना र कार्यक्रमबारे बुँदागत रुपमा खुलाएका हुन् । समायोजनको रणनीति र समाजवाद उन्मुख सम्मृद्धिको कार्यनीति अन्तर्गत जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादको आधार निर्माण गर्न मुख्यगरी सात वटा काम गर्नुपर्ने प्रचण्डको दस्तावेजमा उल्लेख छ ।

प्रचण्डले जनवादी केन्द्रीयताको सिद्धान्त र पार्टीको विधि विधानको पालनमा जोड दिदै सामुहिक निर्णय व्यक्तिगत जिम्मेवारी, अभिव्यक्तिमा स्वतन्त्रता, कामकारवाहीमा एकरुपता, सामूहिकताको केन्द्रीकृत, अभिव्यक्तिका रुपमा नेतृत्व निर्माण, रक्षा र विकासमा जोड दिएका छन् ।

त्यस्तै प्रचण्डले पार्टीका सवै कमिटी र पार्टी सदस्यहरु महाधिवेशनको मातहत रहने मान्यतालाई पालना गराउने काममा जोड दिनुपर्ने दस्तावेजमा उल्लेख छ । उनले पार्टी केन्द्रीय कमिटीदेखि टोल र सेल कमिटीसम्म आलोचना आत्मालोचनाको प्रक्रियालाई पुनःस्थापित गर्नुपर्ने भन्दै पार्टी कमिटी ठूला भएकाले प्रत्येक कमिटीकै बैठकको अन्त्यमा पदाधिकारीको एकएक आलोचना र आत्मालोचना गराउने नीति लिनुपर्ने उल्लेख गरेका छन् ।

पार्टीमा अनुशासन, विधि, र व्यवस्थापनलाई प्रभावकारी रुपले कार्यन्वयन गर्न पार्टीका केन्द्रीय निकायहरुले विशेष ध्यान दिन र जोड लगाउन पर्नेछ । कुनैपनि स्तरका निर्वाचित पदाधिकारीले पार्टीको हितअनुसार काम नगरेमा वा गर्न नसकेमा कमिटीले फिर्ता बोलाउन सक्ने र कमजोरीको प्रकृति अनुसार कारवाही गर्ने’, प्रचण्डले आफ्नो दस्तावेजमा कठोर नीति लिएका छन् ।

प्रचण्डले कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आसक्ति बढ्दो रहेको बताएका छन् । ‘कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आसक्ति बढ्दो छ’, यसलाई बदल्न नसके क्रान्तिकारी पार्टी नबन्ने प्रचण्डको भनाइ छ ।

‘यो स्थितिलाई बदल्न नसक्ने हो भने क्रािन्तकारी पार्टी र उन्नत संस्कृतिसहित समाजवादको यात्रामा अगाडि बढ्न सम्भव छैन । अतः सांस्कृतिक रुपान्तरणको विषयलाई प्रत्यक कमिटीले विचार, राजनीतिक, संगठन र आचरणको तहबाट गम्भीर बहस छलफलसहित साझा निश्कर्षका लागि विभिन्न जोड गर्ने तथा व्यवहारमा उतार्न योजनावद्ध पहल गर्नुपर्दछ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा