शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मौसमको खराबीले हवाई सेवा प्रभावित, सबै उडान डिले


  • मंगलबार, पुष १३ २०७८
6.1K
SHARES

फाइल तस्विर

प्रतिकूल मौसमका कारण नेपालको हवाई सेवा प्रभावित भएको छ।

खराब मौसमका कारण मंगलबार काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएको विमानस्थलले जानकारी दिएको छ।

मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भएका हुन्।

कतिपय विमानस्थलहरू ढिलागरि खुलेपछि उडान डिले भएका छन्। अझै कतिपय विमानस्थल खुलेका छैनन्।

मौसमको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान केहीबेर रोकिएको थियो। अहिले पनि विमानस्थल आइएसआर लागू भएकाले विमानहरू निर्धारित समयमा उडान भर्न पाइरहेका छैनन्।

‘अहिले विमानस्थलमा आइएसआर लागू भएकाले विमानहरू एकतर्फीमात्र ल्याण्डिङ भइरहेका छन्। बिहान एकछिन रनवे मर्मतका लागि भन्दै विमानस्थल बन्द गरिएको थियो। मौसमको कारणलेलै अहिले हरेक उडान २ घन्टाभन्दा ढिला भइरहेको छ । यस्तै मौसममा आएको खराबीले बिहानदेखिनै बुद्ध एयरका सबै उडान प्रभावित भएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा