नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । कमलादीस्थित प्रज्ञा भवनमा स्थायी समितिको बैठक बसिरहेको हो ।
आठौं महाधिवेशन चलिरहेका बेला पार्टी पदाधिकारी सहमतिमै टुंग्याउने विषयमा छलफल गर्न स्थायी समिति बैठक बसिरहेको हो ।
आइतबार सुरु भएको आठौँ महाधिवेशनको बन्दसत्रमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि २५ वटा समूहमा मंगलबार छलफल भइरहेको छ ।
समूहका नेताहरूले बुधबार निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको नेता कृष्णबहादुर महराले जानकारी दिए । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।